स्तनपानले बढाउँछ बच्चाको बौद्धिक स्तर

आमाको दूध बच्चाका लागि सम्पूर्ण पोषणले भरिएको आहारा मानिन्छ । विभिन्न अध्ययनले स्तनपानले बच्चाको स्मरण क्षमतामा सकारात्मक प्रभाव पार्ने निष्कर्ष निकालिसकेका छन् । जन्मेदेखि ६ महिनासम्म राम्रोसँग स्तनपान गराएको बच्चाको १० वर्षको उमेरमा न्यूरो संज्ञानात्मक परीक्षण गर्दा उच्च स्कोर प्राप्त गरेको धेरै रेकर्डहरू सार्वजनिकसमेत भइसकेका छन् ।

थोरै मात्रा पनि लाभदायी
अमेरिकामा गरिएको एक अध्ययनमा १० वर्ष उमेर समूहका स्तनपान गराइएका बच्चाहरूको संज्ञानात्मक परीक्षण गरिएको थियो । फेरि अरू स्तनपान नगराइएका बच्चाहरूको पनि संज्ञानात्मक परीक्षण गरिएको थियो । नतिजा तुलना गर्दा स्तनपान गराइएको बच्चामा सकारात्मक संज्ञानात्मक प्रभाव धेरै गुणा बढी पाइएको थियो ।

धेरै समय स्तनपान गरेका बच्चाहरुको अंक पनि अन्यको तुलनामा धेरै थियो । अध्ययनका लेखक डा डेनियल एडेन लोपेजले भनेका छन्, ‘स्तनपानसम्बन्धी नीति‚ अवधारणाले स्तनपान गराउने प्रेरणालाई सुधार गर्न मद्दत गर्छ भन्ने अपेक्षा गरिएको छ । अध्ययनमा रोचेस्टर मेडिकल सेन्टरका न्यूरो साइन्सका लागि डेल मोन्टे संस्थानका अनुसन्धानकर्ताहरुले हजारौ संज्ञानात्मक परीक्षणहरूको विश्लेषण गरेर बच्चाहरुले प्राप्त गर्ने स्कोर स्तनपानसँग सम्बन्धित छ/छैन भन्ने निर्धारण गरे‚’ डा लोपेजले भने, ‘हाम्रो अध्ययनले निकालेको निष्कर्षले परिमाण जति नै भए पनि स्तनपानको सकारात्मक प्रभाव रहन्छ । चाहे त्यो बच्चा जन्मेदेखि केही महिनासम्म मात्र किन नहोस् । त्यसैले बच्चालाई पर्याप्त स्तनपान गराउनुपर्छ ।

लाइभ हिन्दुस्तानबाट

प्रतिक्रिया