अचेल मानिसमा पाप–धर्म हराउँदै गयो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले मानिसमा पाप धर्म हराउँदै गएको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा विपक्षी दलका नेताहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सरकारले कामै गरेन मात्र भनेर खेद्ने गरिएकोतर्फ असन्तुष्टि जनाउँदै पाप धर्म भन्ने चिज हराउँदै गएको टिप्पणी गरेका हुन् ।

अस्पतालमा शय्यालगायत धेरै पूर्वाधार थप र सुधार गरेको, खोप उत्पादक देशहरु सँगसँगै नेपालका नागरिकलाई खोप उपलब्ध गराएको, अनुदानमा रकम लिएर खोप उपलब्ध गराएको तैपनि सरकारले केही गरेन भन्ने गरिएको भन्दै प्रधानमन्त्री ओलीले त्यसप्रति असहमति जनाए । ‘सरकारले थप अझै गर्नुपर्यो भन्नुस् न कामै केही गरेन भन्ने,’ प्रधानमन्त्री ओलीले भने– अचेल यो पाप धर्म भन्ने चिज पनि हराउँदै गयो ।

प्रतिक्रिया