सुनचाँदी व्यवसायी ज्ञानुराज शाक्य र सुनिल श्रेष्ठको निधन

काठमाडौं । नेपालको सुनचाँदी ब्यवसाय क्षेत्रको धरोहरकारुपमा रहेका ब्यवसायी ज्ञानुराज शाक्यको शुक्रबार विहान निधन भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान उपाध्यक्ष एवं ललितपुर सुनचाँदी व्यवसायी संघका संस्थापक अध्यक्ष शाक्यको ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा उपचारकाक्रममा निधन भएको हो । विगत केही महिनायता मृगौला लगायतका विभिन्न र रोगहरुबाट पिडित शाक्यको उपचारकै क्रममा शुक्रबार बिहान करिब ४ बजे निधन भएको नेपाल सुनचाँदी ब्यवसायी महासंघका प्रवक्ता मनोज कुमार शाहले जानकारी दिए ।

शाक्यको निधनले नेपालको सुनचाँदी ब्यवसायको क्षेत्रमा अपुरणिय क्षति पुगेको शाहले बताए । स्वर्गीय शाक्यले सुनचाँदी ब्यवसायी महासंघको विभिन्न पदमा रही लामो समयसम्म काम गरेका थिए । शाक्यका श्रीमति र एक छोरा छन् ।

यसैवीच नेपाल सुनचाँदी ब्यवसायी महासंघका कर्मचारी सुनिल श्रेष्ठको पनि असामयिक निधन भएको महासंघले जनाएको छ । विगत केही समययता स्वास्थ्य लाभ गरिरहेका श्रेष्ठको बुधबार साँझ आफ्नै निवास भक्तपुरमा अल्पायुमा नै निधन भएको महासंघले जनाएको हो ।

प्रतिक्रिया