वीर अस्पतालको नयाँ भवनमा कोरोना अस्पताल सञ्चालन गरिने
२०७८ वैशाख २४ गते

काठमाडौं । वीर अस्पतालको नयाँ भवनका साथै उपत्यकाका चार स्थानमा कोरोना संक्रमितको उपचारका लागि अस्पताल सञ्चालन गरिने भएको छ ।
कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचारको सन्दर्भमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार वीर अस्पतालको नयाँ भवनसँगै उपत्यकाका चार स्थानमा कोभिड अस्पताल सञ्चालनमा ल्याउन लागिएको हो । नयाँ भवन पाँच सय शय्याको हुनेछ ।
कार्ययोजनाअनुसार वीर अस्पतालको नयाँ भवन, भक्तपुरको खरिपाटी, दहचोक र इचङ्गु नारायणमा रहेका संरचनालाई शनिबारसम्म आईसीयू शय्यासहितको कोभिड अस्पतालमा रूपान्तरण गरी सञ्चालनमा ल्याउन लागिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
शर्मा एण्ड कम्पनीले वीर अस्पतालको अत्यधुनिक भवन निर्माण सम्झौताको म्याद सकिनु २ महिनाअघि नै सम्पन्न गरी हस्तान्तरण गरिसकेको छ ।
२०७८ वैशाख २४ गते
प्रतिक्रिया
सम्बन्धित









