थप ९०७० जनामा कोरोना‚ ५४ को मृत्यु‚ २७०७ कोरोनामुक्त
२०७८ वैशाख २३ गते

काठमाडौं । नेपालमा बिहीबारमात्रै नौ हजार ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या हालसम्मकै उच्च हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३ सय ६७ जनाको पीसीआर र ७७५ जनामा एन्टीजेन विधिबाट गरिएको परीक्षणमा नौ हजार ७० जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै गत २४ घण्टामा ५४ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार ५२९ पुगेको छ ।
कुल संक्रमितमध्ये हाल ७२ हजार ५६१ जना सक्रिय संक्रमित छन् भने ३१४ जना संक्रमित क्वारेन्टाइनमा छन् । बिहीबार २ हजार ७०७ जना कोरोनामुक्त भएका छन् ।
२०७८ वैशाख २३ गते
प्रतिक्रिया
सम्बन्धित









