कोरोना उपचार निःशुल्क, शुल्क तिरेर क्याविन लिन सकिने : केएमसी
२०७८ वैशाख २१ गते

काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी)ले कोरोना संक्रमित बिरामीको उपचार निःशुल्क रहेको स्पष्ट पारेको छ । अस्पतालले मंगलबार विज्ञप्ती जारी गरेर यस्तो स्पष्ट पारेकाे हाे ।
‘कोभिड संक्रमण भएका बिरामीका लागि जेनरल वार्ड, हाइ केयर युनिट, आईसीयु, अक्सिजन, भेन्टिलेटर, बेसिक ल्याब टेष्ट/डायग्नोष्टिक टेष्ट निःशुल्क व्यवस्था गरिएको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘नेपाल सरकारकै अनुमतिमा शुल्क भुक्तानी गरेर क्वाविन सुविधा लिई संक्रमितको उपचार गराउन चाहेनहरुका लागि सशुल्क उपचार सेवा उपलब्ध गराउन सकिने प्रावधारन अनुसार सशुल्क क्याविन सेवा सुरु गरिएको हो ।’
अस्पतालले क्याविन सुविधा सम्बन्धी सूचनाबाट भ्रमित नहुन पनि आग्रह गरेको छ ।
अस्पतालले कोरोना संक्रमित विरामीको उपचार निःशुल्क गर्न आइतबार मात्रै नेपाल सरकारसँग सम्झौता गरिसकेको छ ।
२०७८ वैशाख २१ गते
प्रतिक्रिया
सम्बन्धित








