अपि पावरको हकप्रद सेयर बोर्डबाट स्वीकृत

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले हकप्रद सेयर जारी गर्न धितोपत्र बोडमा गरेको प्रस्ताव स्वीकृत भएको छ । ५६ लाख ७० हजार कित्ता सेयर जारी गर्न कम्पनीले स्वीकृति पाएको हो ।

कम्पनीले सेयरधनीलाई १ कित्ता बराबर ०.२९३८ कित्ताका दरले हकप्रद सेयर जारी गर्ने तयारी गरी बोर्डमा प्रस्ताव पठाएको थियो ।

कम्पनीको हकप्रद सेयरको निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । ।

प्रतिक्रिया