एमाले नेता पोखरेलद्वारा खनालको स्वास्थ्यावस्थाबारे जानकारी

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले आइतबार नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यावस्थाबारे जानकारी लिएका छन् ।

नर्भिक इन्टरनेसनल अस्पताल पुगेर उनले पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यावस्थाबारे जानकारी लिएको उनका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए ।

कोभिड–१९ संक्रमण देखिएपछि नेता खनाल शनिबार अस्पतालमा भर्ना भएका थिए । उनलाई शनिबार साँझदेखि नै अक्सिजनको सहयोगमा उपचार शुरु गरिएको थियो ।

प्रतिक्रिया