नेशनल माइक्रोफाइनान्सले महिला सहयात्रालाई प्राप्ति गर्न स्वीकृति

काठमाडौं । धादिङबेसीमा केन्द्रीय कार्यालय रहेको नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले मकवानपुरको चित्लाङमा सञ्चालनमा रहेको महिला सहयात्रा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ ।

यसका लागि १५ वैशाखमा राष्ट्र बैंकबाट स्वीकृति पाएको नेशनलले जनाएको छ । यी दुबै संस्थाबीच प्राप्तीसम्बन्धी सम्झौता भइसकेको छ । सैदान्तिक सहमतिका लागि राष्ट्र बैंकलाई आवेदन दिएकोमा केन्द्रीय बैंकले उक्त स्वीकृति दिएको कम्पनीले जनाएको छ।

यी प्राप्तीपछि नेशनल माइक्रो फाइनान्स अझ बलियो भएर सेवा विस्तार गर्ने लक्ष्य लिएको छ ।

[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”99977075796″ /]

प्रतिक्रिया