राष्ट्र बैंकमा कार्यरत २७ कर्मचारीलाई कोरोना पोजेटिभ

काठमाडौं । नेपाल राष्ट्र बैंकमा कार्यरत २७ जना कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको छ ।

केन्द्रीय बैंकका ती कर्मचारीसहित उनीहरुका घरपरिवारका सदस्यसहित ६० जनामा कोरोना पोजेटिभ देखिएको गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए ।

‘कोभिड–१९ पोजेटिभ देखिएका हाम्रा स्टाफ मध्ये कतिपय आइशोलेशनमा र कतिपय अस्पतालमा उपचाररत हुनुहुन्छ,’ उनले भने ।

कोभिड संक्रमण तीव्र देखिएकोले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्नु आवश्यक रहेको उनले बताए ।

प्रतिक्रिया