जसपाको कार्यकारिणी बैठक अनिश्चित

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी बैठक अनिश्चित भएको छ ।

कोरोना संक्रमणलाई देखाउँदै जसपाले कार्यकारिणी बैठक सारेको हो । कार्यकारिणी बैठक मंगलबार बोलाउन जसपा पदाधिकारीको बैठक पार्टी कार्यालय बालकुमारीमा बसेको थियो । बैठकले कोरोना महामारी भएकाले अहिले बैठक नबोलाउने निर्णय गरेको हो ।

जसपाका शीर्ष नेताहरुबीच केन्द्रीय कार्यकारिणी बैठक बोलाउने विषयमा विवाद भएको बुझिएको छ । पदाधिकारीबीचको छलफलमा बाबुराम भट्टराई र उपेन्द्र यादव तत्काल कार्यकारिणी बैठक बोलाएर सरकार गठनबारे निर्णय गर्नुपर्ने पक्षमा छन् भने महन्थ ठाकुर र राजेन्द्र महतो बैठक बोलाउने पक्षमा नदेखिएपछि नेताहरुबीच सहमति जुट्न नसकेको हो ।

जसपामा ठाकुर र महतो केपी ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने पक्षमा छन् भने भट्टराई र यादवपक्ष ओलीविरुद्धको गठबन्धनको पक्षमा छन् ।

प्रतिक्रिया