२० देखि २९ वर्षका बढी संक्रमित‚ बालबालिका पनि जोखिममै

काठमाडौं । कोभिड- १९ बाट नेपालमा २० देखि २९ वर्षसम्मको उमेर समूह बढी जोखिममा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको विवरणमा कुल संक्रमित ३ हजार १२२ जनामध्ये सबैभन्दा धेरै २० देखि २९ वर्ष उमेरका ७९५ जना रहेका छन् ।

यस्तै दोश्रोमा ३० देखि ३९ वर्ष उमेर समूहका छन् । यो उमेर समूहका संक्रमितको संख्या ६७७ जना छ । यसैगरी, ९ वर्षसम्मको उमेर समूहका ६२ जनालाई संक्रमण भएको छ भने १० देखि १९ वर्षसम्मका २७८ जनामा संक्रमण पुष्टि भएको छ ।

कोभिड संक्रमण ९० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकमा पनि देखिएको छ । परीक्षण गरिएका मध्ये ९० देखि १०० वर्ष उमेर समूहका ५ जनामा कोभिड संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया