सुनको मूल्यमा ४ सयले गिरावट
२०७८ वैशाख १२ गते

काठमाडौं । सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ । आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुन ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार छापावाल सुन प्रतितोला ९१ हजार ७ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार २ सय रुपैया रहेको थियो ।
चाँदीको मूल्य पनि आइतबार घटेको छ । शुक्रबार प्रतितोला १ हजार ३ सय २० रुपैयाँ रहेको चाँदी प्रतितोला १० रुपैयाँले घटेर आइतबार १ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
२०७८ वैशाख १२ गते
प्रतिक्रिया
सम्बन्धित








