त्रिकोणात्मक सिरिज : नेपाल र मलेसिया खेल्दै

काठमाडौं । जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत लिगको अन्तिम खेलमा नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र मलेसियाबीचको खेल आज अपरान्ह १ः१५ बजे सुरु हुनेछ ।

नेपाल मलेसियालाई हराएर शीर्ष स्थानमा रहदै फाइनल पुग्न चाहन्छ । नेपाल सिरिजको फाइनलमा भने पुगिसकेको छ । सिरिजको फाइनलमा नेपालले शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।

प्रतिक्रिया