कांग्रेस संसदीय दलका नेता शाहीद्वारा सुविधा फिर्ता
२०७८ वैशाख ५ गते

सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेशका संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रमुख प्रतिपक्षी दलको संसदीय दलको नेताको हैसियतमा प्राप्त सरकारी सुविधा फिर्ता गरेका छन् ।
शाहीले प्रमुख प्रतिपक्षी दलको संसदीय दलको नेताका रुपमा सुविधा बापत पाएको गाडीलगायतका सुविधा फिर्ता गरेका हुन् ।
माओवादी केन्द्र नेतृत्वको सरकारलाई विश्वासको मत दिएपछि कांग्रेस पनि सत्तारुढ दल भएको र विपक्षी दलको नेताका रुपमा पाउने सुविधा लिनु गलत हुने भएकाले आइतबारबाट सुविधा फिर्ता गरेको नेता शाहीले जानकारी दिए ।
एमालले समर्थन फिर्ता गरेपछि अल्पमतमा परेको प्रदेश सरकारलाई नेपाली काँग्रेसले शुुक्रबार विश्वासको मत दिएको थियो ।
२०७८ वैशाख ५ गते
प्रतिक्रिया
सम्बन्धित








