वीर अस्पतालमा आगलागी
२०७८ वैशाख १ गते

काठमाडौं । काठमाडौंको महांकालस्थित वीर अस्पतालमा आगलागी भएको छ । अस्पतालको पछिल्लो भागमा रहेको भवनको चौथो तलामा आगलागी भएको हो ।
आगो नियन्त्रणमा लिने प्रयास भइरहेको वीर अस्पतालले जनाएको छ ।
प्रहरीले विद्युत् सर्ट भएर अस्पताल भवनमा आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागी भएपछि अस्पतालमा विद्युत सेवा अवरुद्ध बनेको छ ।
अस्पतालका अनुसार वीरको रातो भवनको चौथो तलामा रहेको कार्डियोथोरासिक भास्कुलर सर्जरी विभागमा आगलागी भएको हो । दमकल र सुरक्षाकर्मीले आगलागी नियन्त्रणको प्रयास गरिरहेका छन् ।
२०७८ वैशाख १ गते
प्रतिक्रिया
सम्बन्धित









