पछिल्लो २४ घण्टामा ५१७ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु
२०७७ चैत ३१ गते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४६० जनालाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४३ सय ८६ जनाको पीसीआर परीक्षण गर्दा चार सय ६० जना र आठ सय १७ जनाको एन्टिजेन परीक्षण गर्दा ५७ जना गरी कुल पाँच सय १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ८० हजार ९८४ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या १५३ पुगेको छ । हालसम्म कूल २ लाख ७४ हजार ३१८ कोरोना संक्रमित संक्रमणमुक्त भइसकेका छन् ।
मंगलबार मन्त्रालयलाई प्राप्त भएको रिपोर्टअनुसार ९ जना संक्रमितको मृत्यु भएको जनाइएको छ‚ जसमा ४ जना संक्रमितको मृत्यु भने पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । योसँगै हालसम्म ३ हजार ५८ जना संक्रमितको मृत्यु भएको छ ।
२०७७ चैत ३१ गते
प्रतिक्रिया
सम्बन्धित









