जनमत पार्टीको अध्यक्षमा सीके राउत निर्विरोध
२०७७ चैत ३० गते

तस्बिरः फाइल
काठमाडौं । जनमत पार्टीको अध्यक्षमा डा. सीके (चन्द्रकान्त राउत) निर्विरोध चयन भएका छन् । जनकपुरधाममा भएको पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा उनको एकल उम्मेदवारी परेसँगै निर्विरोध चयन भएका हुन् ।
सातजना उपाध्यक्षमध्ये मोहम्मद अब्दुल खान, इन्जिनियर वसन्त कुशवाहा, इन्जिनियर दीपककुमार साह र इन्जिनियर नरेन्द्रप्रसाद चौधरीले मात्र उम्मेदवारी दिएका थिए । यद्यपि सो पदमा पनि मतदान गराइएको छ । चारैजना निर्वाचित भएका छन् ।
महासचिवमा एकल उम्मेदवार बनेका चन्दनकुमार सिंह १५ सय ७३ मत ल्याएर निर्वाचित भएका छन् । यस्तै केन्द्रीय सदस्य (खुल्ला समूह) तर्फ २३ जना निर्वाचित भएका छन् ।
महिला समूहतर्फ १५ जना चयन गर्नुपर्नेमा ८ जनाको मात्र उम्मेदवारी परेको थियो । जनकपुरधामको बाह्रबिघा मैदानमा शनिवार प्रथम महाधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको थियो ।
२०७७ चैत ३० गते
प्रतिक्रिया
सम्बन्धित








