मेयर फागोको चिन्ता- युट्युबरले अराजकता निम्त्याउँदैछन्

विराटनगर । उर्लावारी नगरपालिकाका मेयर खड्गप्रसाद फागोले युट्युबको नाममा अराजकता फैलँदै गएको बताएका छन् ।

उर्लावारी संचार क्लबले आयोजना गरेको एक कार्यक्रममा मेयर फागोले युट्युबको नाममा भएका गतिविधिलाई अहिले नै सरकारले नियमन नगर्ने हो भने अबको १० वर्षमा देशमा ठूलो अराजकता निम्तने बताएका हुन् । कमाइ हुने र डलर कमाउने नाममा भइरहेका अराजक गतिविधिले समाजलाई गलत दिशातर्फ लगेको उनले आरोप लगाए ।

‘राम्रा समाचार सम्प्रेषण गर्नुलाई नराम्रो भन्न मिल्दैन, तर खोजी पत्रकारिता नगर्ने अनि अनावश्यक विषयलाई उठान गरेर हल्ला गर्ने काम युट्युबरले गरेका छन्‚’ उनले भने ।

कोही पीडित हुँदै गर्दा पीडितको आवाज ल्याउनु स्वाभाविक भएपनि पत्रकारिताको नियमभित्र रहेर काम गर्न उनले सुझाव दिए । ‘कुनै दिन कुन व्यक्ति युट्युबको नाममा कसरी फस्ने हो पत्तो छैन,’ उनले भने, ‘सही र सत्य विषयलाई उजागर गरेर खोज समाचारमा ध्यान दिन आग्रह गर्दछु ।’

अहिले युट्युबका लागि दाङदेखि केही व्यक्तिहरू आएको पनि देखिएको तर खोजी समाचारका लागि केही व्यक्तिले त्यस्तो दुःख नगरेको देख्दा आफूलाई दुःख लागेको बताए ।

प्रतिक्रिया