राष्ट्रपति चुरे संरक्षण समितिको अध्यक्षमा किरण पौडेल

काठमाडौं । मन्त्रिपरिषद्ले राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समितिको अध्यक्षमा डा. किरण पौडेल र सदस्यहरुमा कमला शिवाकोटी, शशिकुमार शर्मा, सुस्मित ढकाल र भेषराज आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

शुक्रबार मन्त्रिपरिषद्को निर्णय सुनाउने क्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले डा पौडेलको अध्यक्षतामा राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समिति गठन गर्ने निर्णय गरिएको  जानकारी दिएका हुन् ।

त्यस्तै विदेशमा बस्ने नेपाली समुदायले यदि नेपाली भाषामा पठनपाठन सञ्चालन गर्न चाहेमा निश्चित शर्त तोकी अनुमति दिन शिक्षा मन्त्रालयलाई स्वीकृति दिने निर्णय भएको मन्त्री गुरुङले बताए ।

पत्रकारहरूसँग बोल्दै मन्त्री गुरुङले गर्दै त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको परीक्षा नियन्त्रण कार्यालय ग्याङखेलको जग्गामा नेप्रोलोजीलगायत अध्ययन गर्ने केन्द्र निर्माण गर्न स्वीकृति दिने निर्णय भएको बताए ।

यसैगरी नेपाल र ओमान सरकारबीच पर्यटन क्षेत्रमा सहयोग आदानप्रदानका लागि स्वीकृति दिइने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ ।

प्रतिक्रिया