जननिर्वाचित सांसदमाथि माओवादीले गरेको कारबाही प्रतिगामी हमला : प्रभु साह

काठमाडौं । शहरी विकासमन्त्री प्रभु साहले क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद साहसहित माओवादीका चार सांसदको पद रिक्त गराउन माओवादी केन्द्रले सचिवालयमा सूचना दर्ता गराएकोमा यस कार्यलाई अनैतिक र प्रतिगामी हमला भएको बताएका छन् ।

तत्कालीन एमाले र माओवादीको साझा घोषणापत्र र संयुक्त मतबाट निर्वाचित जनप्रतिनिधिमाथि प्रचण्डले प्रतिगामी हमला गरेको आरोप लगाएका हुन् ।

साहले भनेका छन्‚ ‘आफू चुनाव जित्नलाई नेकपा एमालेसँग एकता/सहकार्य गर्ने, नेकपा अध्यक्षको हैसियतमा सर्वोच्च अदालतमा पुनरावलोकन गर्ने र अहिलेसम्म सरकारलाई समर्थन दिइराख्नेहरूले हामी साझा घोषणापत्र एवं संयुक्त मतबाट निर्वाचित प्रतिनिधिप्रतिधिमाथि कथित दल त्यागको कानुनी डण्डा चलाउनु कुनै पनि नैतिकताले सुहाउँदैन ।’

एमाले केन्द्रीय सदस्यसमेत रहेका साहले प्राविधिक र कानुनी आडनमा संसद र जनताको सच्चा प्रतिनिधिको रुपमा क्रियाशील सांसदहरुको पदमाथि अनुचित हमलाको दुस्प्रयास गर्नु आफैंमा प्रतिगामी कार्य रहेको बताए ।

प्रतिक्रिया