थरुहटसँग वार्ता गर्न गृहमन्त्रीकाे नेतृत्वमा वार्ता टोली गठन
२०७७ चैत १६ गते

|गृहमन्त्री रामबहादुर थापा ‘बादल’। तस्वीरः मकालु खबर|
काठमाडौं । थरुहट आन्दोलनकारीसँग वार्ता गर्न सरकारले गृहमन्त्री रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा वार्ता टोली गठन गरेको छ ।
सोबारेको जानकारी सरकारले सोमबार पत्रकार सम्मेलनमार्फत दिएको हो । सरकारी वार्ता टोलीका सदस्यका रुपमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई र नेकपा एमालेको केन्द्रीय सदस्य भगवती चौधरी छन् । ‘वार्ता टोली गठन गरिएको छ,’ सरकारका प्रवक्ता पार्वत गुरुङले सम्मेलनमा भने, ‘अब यो समितिले आफ्नो समयमै थाल्नेछ ।’
केही दिनअघि रेशम चौधरीलगायत बन्दीहरुलाई रिहाइको माग गर्दै माइतीघर मण्डलामा थरुहटले दिएको धर्नामा बादल स्वयम् उपस्थित भएर वार्ता टोली गठन गरेर आउनसमेत आग्रह गरेका थिए ।
२०७७ चैत १६ गते
प्रतिक्रिया
सम्बन्धित








