काँग्रेसले बोलायो आकस्मिक बैठक
मकालु खबर
२०७७ चैत १४ गते
काठमाडौं । कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक बस्दैछ । केन्द्रीय सदस्य एवं पूर्व मन्त्री नविन्द्रराज जोशीको शुक्रबार राति भएको निधनको सम्बन्धमा आज आकस्मिक बैठक बस्ने भएको हो ।
बिहान ११ः३० बजे केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन ललितपुरमा बस्ने भएको हो । नेता जोशीको पार्थिव शरीर भोलि मध्याह्न १२ बजेदेखि २ बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने बताइएको छ ।
मकालु खबर
२०७७ चैत १४ गते
प्रतिक्रिया
सम्बन्धित