प्रधानमन्त्रीले बोलाए एमाले संसदीय दलको बैठक
२०७७ चैत १२ गते

फाइल तस्बिर
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले संसदीय दलको बैठक आह्वान गरेका छन् । नेता सुवासचन्द्र नेम्वाङ्गले मकालु खबरलाई दिएको जानकारीअनुसार प्रधानमन्त्री ओलीले शुक्रबार ३ बजेका लागि बैठक आह्वान गरेका हुन् ।
बालुवाटारमा बस्ने उक्त बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने नेता नेम्वाङ्गको भनाइ छ । ‘भोलि ३ बजेका लागि बैठक आह्वान गर्नुभएको छ प्रधानमन्त्रीज्यूले,’ नेम्वाङ्गले भनेका छन्, ‘खास रुपमा नयाँ विषय होइन ।’
यसअघि पनि बैठक बालुवाटारमै बसेको थियो । उक्त बैठकलाई विपक्षी एमालेले बहिस्कार गरेको थियो ।
२०७७ चैत १२ गते
प्रतिक्रिया
सम्बन्धित








