कांग्रेस केन्द्रीय समितिको बैठक चैत २० मा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक चैत २० गते बस्ने भएको छ । १४ औं महाधिवेशनको कार्यतालिकाबारे छलफल गर्न बैठक बोलाइएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा समसामयिक राजनीतिका बारेमा पनि छलफल हुने उनले बताए । कांग्रेसको १४ औं महाधिवेशन आगामी भदौ ७ गतेदेखि गर्ने गरी मिति तोकिएपनि कार्यतालिकाअनुसार काम हुन सकेको छैन ।

यसअघि चैत १० गतेभित्र क्रियाशिल सदस्यता बुझाइसक्नुपर्ने समयसीमा तोकिएपनि अझै सबै क्रियाशील सदस्यको विवरण सार्वजनिक भएको छैन ।

१४ औं महाधिवेशनसम्ममा १० लाख जनालाई क्रियाशील सदस्यता दिने  नीति अनुसार क्रियाशील सदस्यता नवीकरण र वितरण गर्ने बताएपनि  चार लाख हाराहारीको मात्र तथ्यांक केन्द्रीय कार्यालयमा आइपुगेको कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया