मेराकी‚ होलिस्टिक वेलनेस रिट्रिटको प्रि-लन्च सम्पन्न

काठमाडौं । मेराकी, होलिस्टिक वेलनेस रिट्रिटको प्रि–लन्च कार्यक्रम सम्पन्न भएको छ । शनिबार भएको प्रि–लन्चमा दुईवटा वर्कसप भएका थिए ।

आफ्नो शरीरका बारेमा थप जानकारी हासिल गर्नका लागि आध्यात्मिक, मानसिक र शारीरिक कमजोरीहरू सम्बन्धित विशेष तालिम यहाँ पाइने मेराकीले उल्लेख गरेको छ । साथै, प्राकृतिक चिकित्सकीय प्रणालीबाट नेपालको पहिलो र एकमात्र विलासी वेलनेस रिट्रिटमा गई पूर्ण स्वास्थ्यलाभको फाइदा उठाउन सकिने मेराकीले जनाएको छ ।

यहाँ नेपाल सरकार र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्वारा निर्धारित सुरक्षा मापदण्डभन्दा बढी सुरक्षित नीतिहरु अपनाइने भएकाले ढुक्क भएर सेवा लिनका लागि आयोजकले सुझाव दिएको छ ।

मन, शरीर, र आत्माको विशेष ध्यान राख्न सिकाउने प्रयोगशालाहरुले ग्राहकलाई विशिष्ट अनुभव मात्र प्रदान गर्नुका साथै  विशेष प्राथमिकता अथवा आवश्यकताहरुको समेत ध्यान राखी आफूहरू सेवा दिन तत्पर रहेको मेराकीले जनाएको छ ।

प्रतिक्रिया