‘एमालेमा गुटबन्दी ओलीले शुरू गरे’

काठमाडौं । एमाले वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र गुटबन्दी गरेको आरोप लगाएका छन् । बुधबारबाट शुरु भएको आफूपक्षीय राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता खनालले यस्तो आरोप लगाएका हुन् ।

‘ओलीले मदन भण्डारी फाउन्डेसन गठन गरेर देशव्यापी गुटबन्दी शुरू गरेका हुन्,’ नेता खनालले भने, ‘उनको गतिविधिले पार्टीमा विधि, पद्दति, अनुशासन तोडियो र अराजकता पैदा भयो । वैचारिक काम शून्य हुन थाल्यो । पार्टी दक्षिणपन्थी भासतर्फ गयो ।’

यस्तै नेता खनालले गत फागुन २८ गते ओलीले एकलौटी निर्णय गरेको दुखेसो गरे । ‘हामी त्यो निर्णयलाई मान्दैनौँ,’ नेता खनालले भनेका छन्, ‘ओलीले बालुवाटारमा गुट भेला गरेर निर्णयहरु गरेका छन् ।’

प्रतिक्रिया