मोलुङ हाइड्रोले ३५ लाख ३१ हजार कित्ता आइपिओ निष्कासन गर्दै

काठमाडौं। ओखलढुंगामा ७ मेगावाट क्षमताको जलविद्यु्त् आयोजना सञ्चालन गरिरहेको मोलुङ हाइड्रो पावर कम्पनीले प्राथमिक सेयर (आइपिओ) निष्काशन गर्ने भएको छ । सेयर निष्कासन तथा बाँडफाँटका लागि कम्पनीले सनराइज क्यापिटल लिमिटेडलई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल कम्पनीले ३५ लाख ३१ हजार कित्ता सेयर निष्काशन गर्ने भएको हो । यसम मध्ये स्थानीय प्रभावित बासिन्दालाई ८ लाख २ हजार ५ सय कित्ता सेयर बिक्री गर्ने भएको छ ।

सेयर नियकाशनका लागि कम्पनीका प्रबन्ध सञ्चालक अमृतकुमार महर्जन र सनराइज क्यापिटलका प्रमुख कार्यकारी विजयलाल श्रेष्ठले एक सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

२०७४ को चैतबाट सञ्चालनमा आएको उक्त आयोजनाको प्रवद्र्धक कम्पनी मोलुङले अधिकृत जारी पूँजी ८० करोड रुपैयाँको ४४ प्रतिशत सेयर सर्वसाधारणका लागि जारी गर्न लागेको जनाएको छ ।

प्रतिक्रिया