बर्दियामा बाघले फेरि मान्छे खायो !
मकालु खबर
२०७७ फागुन १८ गते
काठमाडौँ । बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । राजापुर नगरपालिका १० बस्ने ६५ वर्षीय लालबहादुर थारुको बाघले आक्रमण गर्दा मृत्यु भएको हो ।
गेरुवा गाउँपालिका-६ बाझपुरस्थित गेरुवा कर्णाली नदीको टापुमा भैँसी चराउन गएका गएका बेला सोमबार दिउँसो बेपत्ता भएका थारुको शव घटना स्थल आसपासमै भेटिएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए । बाघ आक्रमणको क्रम नरोकिएपछि बर्दियामा त्रास बढेको छ ।
मकालु खबर
२०७७ फागुन १८ गते
प्रतिक्रिया
सम्बन्धित