दाहाल–नेपाल पक्षीय नेकपाको केन्द्रीय कमिटी बैठक १९ गते
मकालु खबर
२०७७ फागुन १७ गते
काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपाको केन्द्रीय कमिटी बैठक १९ फागुनमा बस्ने भएको छ ।
केन्द्रीय सदस्य विष्णु रिजालले दिएको जानकारीअनुसार बैठक दिउँसो १ बजे जनसंगठनको कार्यालय, कोटेश्वरमा बस्ने भएको हो ।
यसअघि गत ११ फागुनमा सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना भएको फैसला सुनाएको थियो । त्योसँगै आउँदो २३ गते प्रतिनिधि सभाको बैठक बस्दैछ । जसको लागि मन्त्रिपरिषद्ले सिफारिससमेत गरिसकेको छ ।
मकालु खबर
२०७७ फागुन १७ गते
प्रतिक्रिया
सम्बन्धित