महिला लघुवित्तको शेयर बाँडफाँट, साढे ३७ हजारलाई १०/१० कित्ता

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ शुक्रबार बाँडफाँट भएको छ । बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङका अनुसार सर्वसाधारणका लागि कम्पनीले बिक्री खुला गरेको आइपिओ बाँडफाँट गरिएको हो ।
उक्त आईपीओका लागि आवेदन दिएका कुल लगानीकर्ता मध्ये ३७ हजार ५ सय जनालाई १०/१० कित्ताका दरले आईपीओ बाँडफाट गरिएको छ ।
कम्पीले ३० माघदेखि ५ फागुनसम्म प्राथमिक सेयर निष्कासन तथा बिक्री खुला गरेको थियो । १५ लाख ४० हजार ३५ जना आवेदकले उक्त कम्पनीको २ करोड ३७ लाख ४७ हजार ५ सय ९० कित्ता सेयरका लागि आवेदन गरेका थिए ।
कम्पनीले जारी पूँजी १० करोड रुपैयाँको १० प्रतितले हुन आउने ४ करोड रुपैयाँको प्रतिकित्ता १०० अंकित दरका ४ लाख कित्ता साधारण सेयर निष्काशन गरेको थियो । ० दशमलव ५ प्रतिशत सेयर कर्मचारीका लागि छुट्टयाइएको थियो । सर्वसाधारणले बाँकी ३ लाख ७५ हजार कित्ता सेयरमा आवेदन दिएका थिए ।
उक्त आईपिओको नतिजा मेरो सेयर, कम्पनीको वेबसाइट र बिक्री प्रबन्धकको वेवसाइटमा गएर हेन सकिने जनाइएको छ ।








