परीक्षा हलभित्र टिकटक बनाउने विद्यार्थीको परीक्षा रद्द
मकालु खबर
२०७७ फागुन ६ गते
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा हलभित्र टिकटक बनाउने दैलेखका एक विद्यार्थीको परीक्षा रद्द गरेको छ।
परीक्षाको मर्यादाविपरीत परीक्षाको समयमा भएका क्रियाकलापलाई टिकटकमा कैद गरी सामाजिक सञ्जालमा राखेकाले विद्यार्थी रोशनकुमार शाहीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको हो।
बोर्डले एक सूचना जारी गर्दै आठबीस नगरपालिका–६ सिंहासैनको कालिका माध्यमिक विद्यालयका छात्र शाहीलाई परीक्षा रद्द रद्द भएको जनाएको हो।
त्यसैगरी टिकटकको विषयलाई लिएर विद्यालयमा निरीक्षकको रुपमा खटिएका शिक्षक कमलबहादुर शाही र केन्द्राध्यक्ष चक्रबहादुर शाहीलाई समेत बोर्डबाट सञ्चालन हुने कुनै पनि परीक्षमा तीन वर्षसम्म सहभागी हुन नपाउने गरी विभागीय कारबाहीसमेत गरेको छ।
मकालु खबर
२०७७ फागुन ६ गते
प्रतिक्रिया
सम्बन्धित