चुनाव हुनै सक्दैन : प्रचण्ड

चितवन । नेकपाका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले आउँदो वैशाखमा तोकिएको चुनाव नहुने दाबी गरेका छन् । चितवनमा सोमबार पत्रकारसँग उनले कुनै पनि हालतमा वैशाखमा चुनाव नहुने दाबी गरेका हुन् ।

‘चुनाव जनता भुलाउने नाटकमात्र भएको र अहिलेको कदम प्रधानमन्त्री ओलीले चुनाव गर्नका लागि नचालेको भन्दै प्रचण्डले चुनावको कुनै अर्थ नरहेको बताए ।

‘चुनाव हुन गरिएको प्रतिगमन होइन, तपाईंहरु प्रष्ट हुनुस्‚ चुनाव हुँदैन‚’ उनले भने ।

आफ्नो निहित स्वार्थ पूर्तिका लागि प्रधानमन्त्री ओलीले लामो बलिदानीबाट प्राप्त भएको उपलब्धिलाई धरापमा पारेको प्रचण्डले आरोप लगाए ।

प्रधानमन्त्री ओलिको संसद विघटन‚ असंवैधानिक नियुक्तिलगायतका कदमविरुद्ध आम नेपाली एकजुट हुनुपर्ने बताउँदै उनले ओलीको कदमलाई सबै मिलेर परास्त गर्नुपर्ने बताए ।

प्रतिक्रिया