केटु हिमाल आरोही टोलीलाई इन्भेष्टमेन्ट बैंकद्वारा १० लाखकाे नगद सम्मान

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड (एनआईबीएल) ले माउन्ट केटु हिमाल आरोही टोलीलाई सम्मान गरेको छ । प्रधान कार्यालयमा एक कार्यक्रमको आयोजना गरी माउन्ट केटु आरोही नेपाली टोलीलाई बैंकले सम्मान गरेको हो ।
निर्मल पूर्जाको नेतृत्वमा गएको १० नेपाली आरोही टोलीले हिउँदमा पाकिस्तानमा रहेको विश्वको दोस्रो उच्च हिमाल माउन्ट केटुको सफल आरोण गरी उक्त हिमालको शिखर चुम्ने पहिलो नेपालीको रुपमा नयाँ विश्व कीर्तिमान स्थापित गरेको हो । ‘क्रूर हिमाल’को उपनाम समेत पाएको केटु आरोहण गरी विजय प्राप्त गर्न सबैभन्दा कठोर मानिन्छ । अझ जाडो मौसममाय यो हिमाल आरोहण गर्नु असंभव नै मानिँदै आएको थियो ।
नेपाली आरोहीहले ३ माघ २०७७ मा स्थानीय समयअनुसार साँझ ५ बजे हिमालको शिखरमा नेपाली झण्डा फहराएका थिए ।
सम्मापन कार्यक्रममा बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडे, बोर्डका सदस्यहरू र वरिष्ठ व्यवस्थापकहरुले आरोही टोलीलाई १० लाख रुपैयाँको चेक हस्तान्तरण गरे । बैंकले नेपाललाई गौरवान्वित तुल्याउने टोलीलाई धन्यवादसमेत ज्ञापन गरेको छ ।बैंकको संस्थागत सामाजिक उत्तरदायित्व बहन (सीएसआर) अन्तर्गत आरोही टोलीलाई सम्मान गरिएको जनाएको छ ।








