२६० काेराेना संक्रमित निकाे हुँदा थप ११९ जनामा संक्रमण पुष्टि
२०७७ माघ २५ गते

काठमाडाैं । पछिल्लाे २४ घण्टामा देशभर ११९ काेराेना संक्रमित थपिएका छन् । यस्तै आज (आइतबार) २६० काेराेना संक्रमित निकाे भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
याेसँगै काेराेना संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या २ लाख ७१ हजार ९२५ पुगेकाे छ । संक्रमितमध्ये २ लाख ६८ हजार ७२ जना निकाे भइसकेका छन् भने मृतक संख्या २ हजार ३८ पुगेकाे छ । आज थप ३ जना संक्रमितकाे मृत्यु भएकाे मन्त्रालयले जनाएकाे छ ।
यस्तै आज क्वारेन्टिनमा ९२ जना रहेका छन् भने सक्रिय संक्रमित संख्या १ हजार ८१५ रहेकाे छ ।
काठमाडाैं उपत्यकामा मात्रै आज ५५ संक्रमित थपिएका छन् । काठमाडाैंमा ४३, भक्तपुरमा ४ र ललितपुरमा ८ संक्रमित थपिएका हुन् । पछिल्लाे २४ घण्टामा २ हजार २५१ जनाको पिसिआर परीक्षण गरिएकाे छ ।
२०७७ माघ २५ गते
प्रतिक्रिया
सम्बन्धित









