आज थप १०५ जनामा कोरोना संक्रमण पुष्टि
२०७७ माघ २३ गते

काठमाडौं ।पछिल्लो २४ घण्टामा थप १०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार देशभरका प्रयोगशालामा पीसिआर परीक्षण गर्दा १०५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७१ हजार ७०७ पुगेको छ। यस्तै आज थप २७२ जना निको भएर फर्किएका छन्। योसहित कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या दुई लाख ६७ हजार ५६४ पुगेको छ।
पछिल्लो २४ घण्टामा थप दुई जनाको मृत्यु भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या २०३५ पुगेको छ।
२०७७ माघ २३ गते
प्रतिक्रिया
सम्बन्धित









