भोटेकोशीगमा अड्किएका एक व्यक्तिको सकुशल उद्धार

काठमाडौँ । पूर्वी नवलपरासी जिल्लाको गैँडाकोट नगरपालिका–२ स्थित नारायणी नदिमा हाम फालेका एक व्यक्तिको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

सोही जिल्लाको देवचुली नगरपालिका–११ धारापानी बस्ने ६२ वर्षीय झनक प्रसाद पौडेल असार ४ गते बिहान उक्त नदिमा हाम फालेका थिए ।

सो लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गुल्म पूर्वी नवलपरासीबाट खटिएको टोलीले उनलाई मोटर बोटको सहयोगमा सकुशल उद्धार गरेको हो ।

उद्धार पश्चात् उनलाई उपचारको लागि चितवन अस्पतालतर्फ पठाएको छ । उनको अवस्था भने सामान्य रहेको छ ।

त्यसैगरी सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–२ लार्चास्थित भोटेकोशी नदिको बीच भागमा अड्किएका एक जनाको असार ४ गते सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

सोही गाउँपालिका–१ लिस्ती बस्ने २३ वर्षीय सञ्जीव बिकलाई उक्त नदिले बगाएको भन्ने खबर पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोस्ट तातोपानीबाट खटिएको टोलीले उनलाई नदिको बिच भागमा रहेको ढुङ्गामा अड्किएको अवस्थामा उद्धार गरेको हो ।

उद्धार पश्चात् उनलाई उपचारको लागी धुलिखेल अस्पताल पठाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =