‘रिङरोडमा बख्तरबन्द घुमाउँदैमा कोही डराउँदैनन्’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले रिङरोडमा सेनाका बख्तरबन्द गाडीमा घुमाउँदैमा कोही नडराउने बताएका छन् । ललितपुरको सानेपास्थित हेरिटेज प्लाजामा आयोजित पत्रकारसँग अन्तरक्रियामा अध्यक्ष नेपालले सो कुरा बताएका हुन् ।

केही दिनअघि काठमाडौंको रिङरोडमा सेनाका गाडी घुमाइएको प्रसंगलाई संकेत गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तर्साउने कोसिस नगर्न चेतावनी दिए । ‘केपी ओली चेतना भया, रिङरोडमा सेनाको कारगेड प्रदर्शन हुँदैमा कोही डराउनेवाला छैन,’ अध्यक्ष नेपालले भने ।

पार्टीबाट कसैलाई चोइटिन मन भए बालकोट जान पनि उनले सुझाव दिए । उनले अगाडि भने, ‘जान मन लागे बालकोट गए हुन्छ। त्यहीँ वरिपरि घेरेर गणेश प्रवृत्ति मनाए हुन्छ ।’

प्रतिक्रिया