चितवनः मेयरदेखि सांसद सडकमा, कार तोडफोड
२०७७ माघ २२ गते

चितवन । नेकपाको प्रचण्ड-नेपाल समूहले आह्वान् गरेको आमहड्तालका कारण चितवनको जनजीवन पनि प्रभावित बनेको छ । सवारी साधन पूर्णरुपमा ठप्प भएको छन भने पसल केही न्यून मात्रामा खुलेका छन् ।
आमहडताल सफल पार्न प्रदेश सांसददेखि भरतपुर महानगरकी मेयरसमेत सडकमा उत्रिएका छन् । बागमती प्रदेश सभा सदस्य कंचन खनालसहित नेता कार्यकर्ताहरु रत्ननगरको टांडिमा देखिएका छन् ।
उता भरतपुर महानगरकी मेयर रेनु दाहाल, प्रदेश सांसद् घनश्याम दाहाल, नेकपा जिल्ला अध्यक्ष यमबहादुर परियारलगायतका नेता कार्यकर्ता उपस्थित भई बन्द गराइरहेका छन् । जिल्लाको मुख्य बजार र चोकमा प्रहरीको उपस्थिति रहेको छ ।
यसैबीच प्रचण्ड-नेपाल समूहका कार्यकर्ताले चितवनको राप्ती १ लोथरमा घर अगाडी पार्किङ गरेर राखेको निजि कार तोडफोड गरेका छन् । लबा १६ च ३४२६ नम्बरको निजि कार बिहानै घर अगाडी तोडफोड भएको हो ।
- तस्बिर : कुल काफ्ले
२०७७ माघ २२ गते
प्रतिक्रिया
सम्बन्धित









