चितवनः मेयरदेखि सांसद सडकमा, कार तोडफोड

चितवन । नेकपाको प्रचण्ड-नेपाल समूहले आह्वान् गरेको आमहड्तालका कारण चितवनको जनजीवन पनि प्रभावित बनेको छ । सवारी साधन पूर्णरुपमा ठप्प भएको छन भने पसल केही न्यून मात्रामा खुलेका छन् ।आमहडताल सफल पार्न प्रदेश सांसददेखि भरतपुर महानगरकी मेयरसमेत सडकमा उत्रिएका छन् । बागमती प्रदेश सभा सदस्य कंचन खनालसहित नेता कार्यकर्ताहरु रत्ननगरको टांडिमा देखिएका छन् ।उता भरतपुर महानगरकी मेयर रेनु दाहाल, प्रदेश सांसद् घनश्याम दाहाल, नेकपा जिल्ला अध्यक्ष यमबहादुर परियारलगायतका नेता कार्यकर्ता उपस्थित भई बन्द गराइरहेका छन् । जिल्लाको मुख्य बजार र चोकमा प्रहरीको उपस्थिति रहेको छ ।यसैबीच प्रचण्ड-नेपाल समूहका कार्यकर्ताले चितवनको राप्ती १ लोथरमा घर अगाडी पार्किङ गरेर राखेको निजि कार तोडफोड गरेका छन् । लबा १६ च ३४२६ नम्बरको निजि कार बिहानै घर अगाडी तोडफोड भएको हो ।

  • तस्बिर : कुल काफ्ले
प्रतिक्रिया