‘कोही टाउको गिँड्न नपाएकोमा पश्चताप गर्देछन्’

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले टाउको गिँड्न नपाएकोमा कसैलाई अहिले पश्चताप लागिरहेको बताएका छन् ।

बुधबार बहिर्गमित जनमुक्ति सेना नेपालको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । ‘हिजो हाम्रो टाउकोको मुल्य तोक्नेहरु पनि यतै छन्’, अध्यक्ष दाहालले भनेका छन्, ‘उनीहरु टाउको गिँड्न नपाएकोमा पश्चताप  मानिरहेका छन् ।’

यस्तै अध्यक्ष दाहालले रगतको नाताभन्दा वर्गीय नाता आफूलाई माथि लाग्ने बताएका छन् । जनयुद्धका योद्धाहरुलाई आफूले कहिल्यै नबिर्सेको बताउँदै अध्यक्ष दाहालले भनेका छन्, ‘मलाई रगतको नाताभन्दा वर्गीय नाता माथि लाग्छ । मैले पूर्वसहयोद्धाहरुलाई कहिल्यै बिर्सेको छैन ।’

प्रतिक्रिया