सरकारी मालसामान ढुवानी अब सरकारी कम्पनीबाटै
२०७७ माघ २० गते

काठमाडौं । सरकारी मालवस्तुको ढुवानी अब सरकारी कम्पनीबाट हुने भएको छ । सरकारको स्वामित्वमा रहेका कुनै पनि मालसामानको ढुवानी सरकारकै स्वामित्वमा रहेको नेपाल पारबहन तथा गोदाम व्यवस्थापन कम्पनी मार्फत गर्ने निर्णय भएको हो । राष्ट्रिय विकास समस्या समाधान समितिको ४८ औं बैठकले यस्तो निर्णय गरेको हो ।
सरकारी सामानको ढुवानीका लागि सरकारी कम्पनी हुँदा हुँदै निजी व्यवसायीमार्फत ढुवानी गर्दा सरकारी वस्तु तथा सेवाको लागत बढेको भन्दै समितिले यस्तो निर्णय गरेको हो ।
हल्दिया र कलकत्ता बन्दरगाहमा गोदाम व्यवस्थापन कम्पनीको भौतिक पूर्वाधार समेत रहेकोले ढुवानी लागत कम पर्ने हुनाले सरकारका स्वामितवमा रहेका संस्थानहरुले आयात निर्यात गर्ने सामग्री उक्त सरकारी कम्पी मार्फत गर्ने समितिले निर्णय गरेको छ ।

२०७७ माघ २० गते
प्रतिक्रिया
सम्बन्धित








