जुत्ता, चप्पल तथा व्यापार मेला २०७७ सुरु हुँदै

काठमाडौं । भृकुटीमण्डपमा बुधबारदेखि जुत्ता चप्पल तथा व्यापार मेलाको आयोजना सुरु हुने छ । फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालको आयोजना मेला सुरु हुन लागेको हो ।

स्वदेशी उत्पादनको प्रवर्द्धन र विकास गर्न एशोसिएसनले हरेक वर्ष जुत्ता तथा चप्पल व्यापार मेला आयोजना गर्दै आएको छ । एउटै छानामुनि व्यवसायीलाई धेरै ब्राण्डका जुत्ताचप्पल उपलब्ध गराउँदै कोरोनाले थलिएको अर्थतन्त्रलाई चलायमान बनाउन मेलाको आयोजना गरिएको एसोसिएसनले जनाएको छ । ‘एफम्यान फुटवेर विजनेश एक्सपो २०७७’ नाम दिइएको मेला फागुन १० गतेसम्म आयोजना हुने एशोसिएसनले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।

‘विषम परिस्थितिमा समेत आयोजना गरिँदै आएको छ,’ उनले भने, ‘गतवर्ष फैलिएको कोभिड–१९ को माहामारिका कारण उपभोक्तालाई परेको असरलाई ध्यान दिएर सुरक्षाको मापदण्ड अपनाउँदै फुटवेयर बिजनेस एक्स्पो २०२१ आयोजना गर्न लागेको छौं ।’ एक्स्पोमा सबै नेपाली ब्राण्डका जुत्ताचप्पल आकर्षक छुटका साथ उपभोक्ताले एउटै छानामुनि पाउने उनले बताए ।

‘विगत एक वर्षदेखि अर्थतन्त्र थलिएका कारण नेपाली ग्राहकको क्रयशक्तिमा आएको ह्रासलाई ध्यानमा राखेर हामिले फुटवयर क्षेत्रलाई चलायमान बनाउँदै लैजाने उदेश्यका साथफुटवेयर एक्स्पो आयोजना गरेका छौं,’ कार्यक्रममा बोल्दै एफम्यानका पूर्व अध्यक्ष होमनाथ उपाध्यायले भने, ‘स्वदेशीबस्तुको प्रर्वद्धन हाम्रो अभियान भन्ने नाराका साथ एक्सपो सुरु हुन लागेको छ ।’

फुटवेयर एक्स्पो २०२१ मा नेपाली ब्राण्डहरु फिटराइट, ल्याण्डवाक, फ्रस्टवाक, आगास, कोशेली, रन, सुल्यान्ड, हाइलाइफ, क्रसरोड, रोयल सुज, बिएफ डियरहिल, गोल्डस्टार, बोस सुज, किम सुज, भेनस, फुट स्टेप, शिखर सुज, व्याम्बो सुज, पीजीलगायत ब्राण्डको सहभागिता रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया