मोबाइल नचलाउने आमिरको निर्णय

एजेन्सी । आमिर खानले मोबाइल फोनबाट ब्रेक लिने भएका छन् । उनले आफ्नो चलचित्र ‘लाल सिंह चड्डा‘ प्रदर्शन हुनु अगाडी मोबाइल नचलाउने निर्णय गरेका हुन् । मोबाइल पछिल्लो समय एक प्रकारको लत बन्न पुगेको छ । आफ्नो काममा बाधा पुर्‍याएको भन्दै खानले मोबाइलबाट टाढा रहन लागेको बताएका छन् ।

सोमबारबाट नै मोबाइलबाट दूर रहेका आमिरले आफ्ना नजिकका मित्र तथा परिवारको सम्पर्कका लागि म्यानेजरसँग कुरा गर्न आग्रह गरेका छन् । आमिरको सामाजिक सञ्जाल अकाउन्ट भने उनको टिमले नै सञ्चालन गर्ने जानकारी भारतीय सञ्चार माध्यममा उल्लेख छ ।

मुम्बईमा रहेर उनी चलचित्रको छायाङ्कनमा व्यस्त छन् । काममा सधैँ ‘सिरियस‘ रहने आमिरले यस अघि समेत धेरै कुराबाट टाढा रहेर आफ्नो कामलाई अगाडी बढाएका थिए । यो पटक कोरोनाले मनोरञ्जन क्षेत्रमा पारेको प्रभावको भरपाई गर्न समेत काममा उनी जोडतोडले लागेका छन् ।

अद्वेत चन्दनले निर्देशन गरिरहेको चलचित्र २०२१को क्रिश्मसबाट प्रदर्शनमा आउने छ ।
प्रतिक्रिया