भारतद्वारा नेपाललाई १५ अर्ब ८७ करोड अनुदान घोषणा
२०७७ माघ १९ गते

काठमाडौं । भारतले नेपाललाई आर्थिक वर्ष २०२१–२२ मा १५ अर्ब ८७ करोड रुपैयाँ अनुदान दिने घोषणा गरेको छ ।
अघिल्लो आर्थिक वर्षको बजेटमा भारतले नेपालाई ८ अर्ब ८० करोड भारु अनुदान दिने घोषणा गरेकोमा यो वर्ष ९ अर्ब ९२ करोड भारतीय रुपैयाँ अनुदान घोषणा गरेको हो । यो नेपाली रुपैयाँमा १५ अर्ब ८७ करोड रुपैयाँ हो ।
भारतकी वित्त मनत्री निर्मला सीतारमणले सोमबार घोषणा गरेको नयाँ बजेटमा सबैभन्दा बढी बजेट भुटानलाई दिने घोषणा गरिएको छ । भुटानलाई ३० अर्ब भारु आर्थित सहायताको घोषणा गरेको छ । श्रीलंका, बंगलादेश, अफगानिस्तान, माददिभ्सलगायत देशका लागि पनि भारतले आर्थिक सहायता छुट्याउने गरेको छ ।
२०७७ माघ १९ गते
प्रतिक्रिया
सम्बन्धित








