दोहोरो अंकले बढ्यो नेप्से, काराेबार रकम घट्याे

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार ३७.७० अंकले बढेको छ । पहिलो दिन ५४ अंकले घटेको शेयर बजार दोस्रो दिन बढेर बजार परिसूचक २४०८ अंकमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स समेत ४.९५ अंकले बढेर ४३७.२८ पुगेको छ । बजार बढेपनि कारोबार रकम भने घटेको छ ।

सोमबारको बजारमा ६ अर्ब ९२ करोड २९ लाख ३६ हजार ५ सय २९ रुपैयाँमा २०३ कम्पनीको १ करोड ३३ लाख ११ हजार ९ सय ४२ कित्ता सेयर खरिद बिक्री भएको छ । ८ देखि १० अर्ब रूपैयाँकाे काराेबार हुँदै अाएकाे बजारमा साेमबार भने काराेबार रकम घटेकाे हाे ।

सोमबार लघुवित्त र म्युचुअल फण्डबाहेकका सबै समूहगत सूचक उकालो लागेका छन् । सबैभन्दा बढी ३९७.११ अंकले जीवन बीमा समूहको सूचक बढेको छ ।

प्रतिक्रिया