उद्योग वाणिज्य संघ खैरहनीको चुनाव आज

चितवन । चितवनस्थित उद्योग वाणिज्य संघ खैरहनीको नयाँ कार्यसमिति चयनका लागि आज मतदान हुदैछ । १० औं वार्षिक साधारण तथा ५ औं अधिवेशनमा नेकपा निकट व्यवसायीको प्रगतिशिल समूह र नेपाली कांग्रेस निकट व्यवसायीको लोकतान्त्रिक समूह चुनावी मैदानमा छन् ।

प्रगतिशिल समुहबाट अध्यक्ष पदमा शेषकुमारी सडौला ओलीले उम्मेदवारी दिएका छन् । ओलीले विगत ११ वर्षदेखि संघमा रहेर काम गरेको अनुभव बटुलेकी छिन् । उनी वर्तमान समितिको द्धितीय उपाध्यक्ष समेत हुन् ।

ओलीको समूहबाट बाणिज्य तर्फ सदस्यमा अर्जुन लम्साल, विनोद नेपाल, लक्ष्मण निरौला, तिलकमणी पाठक, प्रेमनारायण जोशी, प्रेमवहादुर विक, अजयकुमार रावल र दुर्गा घिमिरे तथा उद्योग तर्फ सदस्यहरुमा रामेश्वर पोखरेल, चिरञ्जिवी अर्याल, नविनकुमार श्रेष्ठ, अम्मरराज उप्रेती, लालमणि कुँवर, रामशरण कार्की र रामकृष्ण चौधरीको उम्मेदवारी छ ।

यता लोकतान्त्रिक समूहबाट अध्यक्ष पदका उम्मेदवार दिपेन श्रेष्ठ हिरामा पनि सुरुवातदेखि नै संघमा आवद्ध रहेर काम गरेको अनुभव छ । उनी ३२ वर्षदेखि निरन्तर व्यवसायमा आवद्ध छन् । अध्यक्ष पदका उम्मेदवार श्रेष्ठ कार्यसमिति सदस्य,द्धितीय उपाध्यक्ष र हाल सदस्यमा रहेर काम गरेका छन् ।

लोकतान्त्रिक समूहबाट बाणिज्य तर्फ सदस्यमा कुमार खनाल, केदारनाथ वर्तौला, विनोद अर्याल, अनिल श्रेष्ठ, विक्रम खड्का, प्रशान्त अधिकारी, रामेश्वर चौधरी, रामचन्द्र विश्वकर्मा र क्षेत्रवहादुर रावलले उम्मेदवारी दिएका छन् । उद्योग सदस्यमा किरण वुर्लाकोटी, अनुप अधिकारी, शंकर कडेंल, कृष्णवहादुर श्रेष्ठ, जगतवहादुर पाण्डे र विक्रम चौधरीको उम्मेदवारी परेको छ ।

मतदानबाट बहूमत सदस्य प्राप्त गर्ने समूहले पदाधिकारी चयन गर्ने व्यवस्था छ । एसोसिएट सदस्यबाट निर्विरोध निर्वाचित भएका शिवराज उप्रेती भने निर्विरोध तृतीय उपाध्यक्षमा चयन भईसकेका छन् । एसोसिएट सदस्य तृतीय उपाध्यक्ष हुने व्यवस्था छ । चुनावी माहोलले संघको अधिवेशनलाई राजनीतिक प्रतिष्ठासंग जोडेर पनि हेरिएको छ ।

मत माग्न दलका नेताहरु स्वयम् व्यवसायीको घरदैलोमा पुगेकाले पनि चुनावमा राजनीति घुसेको प्रष्ट बुझ्न सकिन्छ । नयाँ कार्यसमिति चयनका लागि यहाँका १ हजार ४३० उद्योगी तथा व्यवसायीले मताधिकार प्रयोग गर्नेछन् ।

प्रतिक्रिया