प्रतिनिधिसभा विघटनबारे साेमबारदेखि सरकार पक्षको बहस

काठमाडौं । प्रतिनिधिसभा विघटनविरूद्धका रिटहरुमा मंगलबार (भोली) देखि सरकार पक्षको बहस शुरु हुने भएको छ ।

प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयविरुद्ध संवैधानिक इजलासमा चलिरहेको सुनुवाईमा निवेदकतर्फका कानुन व्यवसायीको बहस सोमबार सकिएसँगै सोमबारबाट सरकारी पक्षका कानुन व्यवसायीको बहस शुरु हुने भएको हो ।

प्रतिनिधि सभा विघटन गर्ने निर्णयविरुद्ध परेका १३ वटा रिटमा माघ ४ गतेदेखि सर्वोच्चको संवैधानिक इजलासमा बहस चलिरहेको छ । सोमबार रिट निवेदकहरू अमिता गौतम, लोकेन्द्रबहादुर ओली, कलमबहादुर खत्री, मणिराम उपाध्याय, तुलसी सिंखडाले बहस गरे । उनीहरुले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकाले संसद पुनर्स्थापना हुनुपर्ने माग गरेका छन् ।

सबै रिट निवेदकका तर्फबाट झण्डै तीन सयजना कानुन व्यवसायीले वकालतनामा भरेपनि ६ दर्जनजति कानून ब्यवसायीले मात्र बहस गरेका सर्बोच्च अदालतले जनाएको छ ।

सोमबारदेखि सरकार, प्रधानमन्त्री र सभामुखको तर्फबाट जवाफी बहस शुरु हुनेछ । याे बहश थप एक हप्ता लम्बिने सम्भावना छ । सरकारकाे पक्षबाट महान्यायाधीवक्ता अग्नि खरेलसहित ११ जना सरकारी वकिल र ५ दर्जनभन्दा धेरै कानून ब्यवसायीले वकालतनामा भरेका छन् ।

प्रतिक्रिया