सेयर बजार ५५ अंकले ओरालो, समूहगत सूचक राताम्ये

काठमाडौं । साताको सुरुवाती कारोबारमा सेयर बजार ५४.७५ अंकले घटेको छ । आइतबारको कारोबारपछि नेप्से परिसूचक २३७० विन्दुमा ओर्लिएको छ । ‘क’ वर्गका कम्पनीहरुको बजार अवस्था गणना गर्ने परिसूचक सेन्सेटिभ इन्डेक्स समेत ९.७३ अंकले ओरालो लागेर ४३२ अंकमा झरेको छ ।

आइतबार ८ अर्ब ९७ करोड ३२ लाख ६ हजार ४ सय ५० मा २ सय ६ कम्पनीका १ करोड ६२ लाख ७७ हजार २ सय ४५ कित्ता सेयर किनबेच भएको छ ।

आइतबार बजारका सबै कम्पनीका समूहगत सूचक राताम्ये भएका छन् । जीवन बीमा समूहको सूचक सबैभन्दा बढी ४६० अंकले घटेको छ । त्यस्तै निर्जीवन समूहको सूचक २६४ अंकले ओरालो लागेको छ ।

सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्सकोको ३९ करोडको सेयर किनबेच भएको छ । गत साताको बजारमा २ अर्ब हाराहारीको शेयर व्यापार हुँदै आएको यो कम्पनीको कारोबार आइतबार घटेको हो ।

त्यस्तै, शिखर इन्स्योरेन्सको ३२ करोड, एनआइसी एसिया बैंकको २८ करोड, प्रभु लाइफ इन्स्योरेन्सको २८ करोड नेशनल लाइफको २७ करोड, नेपाल टेलिकमको २६ करोडको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया