सरकारले जनमतको चीरहरण गर्‍यो : डिला संग्रौला

बुटवल । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. डिला संग्रौलाले वर्तमान ओली नेतृत्वको सरकारले जनमतको चीरहरण गरेको बताएकी छन् । रिपोटर्स क्लब नेपाल लुम्बिनीले बुटवलमा शनिबार गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेतृ संग्रौलाले सो कुरा बताएकी हुन् ।

सरकारको प्रतिगामी, अलोकतान्त्रिक कदमलाई न्यायालयले सच्चाइदिने उनको विश्वास छ । ‘हामी प्रजातन्त्रमा विस्वास राख्दछौँ । स्वतन्त्र न्यायलयले संविधान बमोचिम, कानून बमोजिम निर्णय लिनेछ,’ -उनले भनिन् । संविधान, कानून तथा विधि कुनै कुरा मान्दिन भन्नु सर्वसत्तावाद भएको स्मरण गर्दै नेतृ संग्रौलाले कम्युनिष्टहरु पतनको स्थितिमा गइसकेको बताइन् ।

लोकतन्त्रको रक्षाका लागि कांग्रेस आन्दोलनमा रहेको उनको भनाई छ । उनले पाँच बर्षका लागि स्थापित जनताको थलोलाई समय अगावै लहडका आधारमा विघठन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको दावी गरिन् । न्यायपालिकामा भएको बहसलाई ‘वाइयात’ भन्ने फरक मतलाई होच्चाउने कार्यपालिका प्रमुखको नैतिकता नरहेको उनको तर्क छ ।

लोकतान्त्रिक पार्टी निर्वाचनबाट भाग्न नसक्ने भन्दै उनले निर्वाचन विधिसंगत हुनुपर्ने बताइन् । साक्षात्कार क्लवका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको हो ।

प्रतिक्रिया