सेयर बजार १६ अंकले बढ्यो, झण्डै ९ अर्बको कारोबार

काठमाडौं । सेयर बजार सोमबार १६ अंकले बढेको छ । उकालो यात्रा कायम रहँदै नेप्से परिसूचक २४४० अंकमा पुगेको छ । मंगलबार बैंक, व्यापार, निर्जीवन बीमा, म्युचुअल फण्ड र अन्य समूहबाहेका सबै समूहगत परिसूचक ओरालो लागेका छन् ।

कारोबार रकमका आधारमा मंगलबार पनि नेपाल लाइफ इन्स्योरेन्सको शेयर सबैभन्दा बढी ६० करोड ३७ लाख, नविल बैंकको ३३ करोड, एनसिसी बैंकको ३१ करोड, एनआइसी एसियाको २९ करोड, नेपाल बैंकको २८ करोडको शेयर किनबेच भएको छ ।

धेरै कमाउनेमा नागरिक लगानी कोष, गुराँस लघुवित्त, प्रभु लाइफ इन्स्योरेन्स, माउन्टेन इनर्जी, नेपाल हाइड्रो पावर कम्पनी, हिमालयन पावर पार्टनरलगायत रहेका छन् । श्री इन्भेष्टमेन्ट फाइनान्स, सिन्धु विकास बैंक, प्रोग्रेसिभ फाइनान्स, ग्रामील लघुवित्त वित्तीय संस्थालगायतका कम्पनीले सबैभन्दा बढी गुमाएका छन् ।

सोमबार ८ अर्ब ९० करोड ३५ लाख ३८ हजार ७ सय ३१ रुपैयाँमा २ सय ८ कम्पनीका १ करोड ९२ लाख ८५ हजार ५ सय ४ कित्ता सेयर किनबेच भएको छ ।

प्रतिक्रिया